global ime bank Long Banner Ad

गृहपृष्ठ रुपन्देहीमा पुरुष हिंसाका ११ उजुरी

रुपन्देहीमा पुरुष हिंसाका ११ उजुरी

रुपन्देहीमा पुरुष हिंसाका ११ उजुरी

रुपन्देहीमा गएको ६ महिनामा गैरराज्य पक्षबाट मानवअधिकारसम्बन्धी एक सय ३७ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीका अनुसार ६ महिनामा एक सय ३७ वटा घटना भएकोमा नौ वटा ठाडो मौखिक उजुरी परेका छन् ।

इन्सेक रुपन्देहीले बुटवलले एक कार्यक्रम गरी दिएको जानकारीअनुसार ६ महिनाको अवधिमा ११ जना पुुरुषले आफूमाथि हिंसा भएको भन्दै उजुरी दिएका छन् । ‘पुरुषले आफूमाथि हिंसा भएको भन्दै उजुरी दिएको पहिलोपटक हो,’ इन्सेककी जिल्ला प्रतिनिधि रिमा बिसीले भनिन् ।

सो अवधिमा रुपन्देहीमा महिला हिंसासम्बन्धी घटनाका एक सय १९ उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रक्सी पिएर कुटपिट गरेका ३७, बहुविवाह २२, शंका–उपशंका घरमा बस्ने वातावरण नदिएको २४, बेचविखनसम्बन्धी १९ र बलात्कारका सात उजुरी परेका हुन् ।

प्रकाशित समय : ०२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु