गृहपृष्ठ प्राविधिक कार्यालयका ईन्जिनियर घुससहित पक्राउ
प्राविधिक कार्यालयका ईन्जिनियर घुससहित पक्राउ
जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा टोलीले देवलाई रंगेहात पक्राउ गरेको हो ।
देवलाई मंगलबार विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
(रासस)
प्रकाशित समय : २०:५८ बजे


















