काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

डा. केसीका मागप्रति सरकार सकारात्मक : गृहमन्त्री

8.13K
shares

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा. गोविन्द केसीका चिकित्सा शिक्षा सुधारका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन् । जनकपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले भने, ‘चिकित्सा शिक्षा विधेयकमार्फत सरकार आफैं डाक्टर केसीले उठाउँदै आएका माग सम्बोधन गर्न अग्रसर छ ।’ मन्त्री थापाले देशमा शान्ति सुरक्षा, अमनचैनका साथै समृद्धि र विकासका लागि सरकार तत्पर रहेको बताए ।

फरक प्रसंगमा मन्त्री थापाले प्रदेश २ मा संघीय सरकारले प्रहरी ऐन नल्याउँदै प्रदेश सरकारले प्रहरी ऐन ल्याए, गलत हुने बताए । संघले ल्याएको प्रहरी ऐनका आधारमा नबाझिने गरी प्रदेशमा ऐन ल्याउनुपर्ने उनको भनाइ छ ।

वर्षौंदेखि यातायातका क्षेत्रमा लाग्दै आएको सिन्डिकेट अन्त्यदेखि विकासका काम ठेक्कामा लिएर समयमा पूरा नगर्ने ठेकेदारलार्इ समेत सचेत गराउँदै सरकारले गुणस्तरीय काम गर्न/गराउन आदेश र परिपत्र गरिसकेको बादलले बताए ।

सीमा क्षेत्रमा भारतीय प्रहरीको ज्यादतिका बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले भने, ‘मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रमा समस्या देखिएको छ, सरकारले दुई पक्षीय वार्ता गरी समस्या समाधान गर्छ ।’

नेकपाका नेतासमेत रहेका मन्त्री थापाले माओवादी र एमाले केन्द्रीयस्तरमा एक भइसकेकाले स्थानीयस्तरमा पनि छिट्टै एक हुने र एकता प्रक्रियालार्इ पूर्णता दिने बताए ।