काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जोशीको पक्षमा उभियो डिएलए, सुनुवाइ समितिले हस्तक्षेप गरेको आरोप

19.15K
shares

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)ले संसदीय सुनुवाइ समितिका पछिल्ला गतिविधिबाट न्यायपरिषद र संवैधानिक परिषदको अधिकार क्षेत्रमा समेत हस्तक्षेप भएको निष्कर्ष निकालेको छ ।

संविधान र कानुनबमोजिम स्थापित दुवै निकायको निर्णयलाई समेत चुनौती दिँदै सुनुवाइ समितिले अधिकार क्षेत्रभन्दा बढी चलखेल गर्न खोजेको डिएलएको ठम्याइ छ । डिएलएले बिहीबार विज्ञप्ति जारी गर्दै संवैधानिक र कानसनी सीमाभित्र रहेर सुनुवाइका क्रममा उठेका विषयहरूको अविलम्ब निरुपण गर्न माग गरेको छ ।

डिएलएका महासचिव खेमराज पोखरेल र नवनिर्वाचित महासचिव लक्ष्मीदेवी रावल दाहालले जारी गरेको विज्ञप्तिमा सुनवाइका लागि सिफारिस भएका प्रधानन्यायाधीश दिपकराज जोशीको सुनवाइ प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न पनि आग्रह गरिएको छ ।

वि.सं.२०७१ सालमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुनुअघि उनले संसदीय सुनवाइ पार गरिसकेको तथ्य पनि डिएलएले स्मरण गराएको छ । उक्त सुनवाइबाट निरोपण भइसकेका कतिपय विषयका सम्बन्धमा समेत अतिरञ्जित ढंगले पुनः प्रश्न उठाइनु शोभनीय नभएको डिएलएको ठम्याइ छ । सार्वजनिक ओहोदामा रहने व्यक्तिका वारेमा उठेका प्रश्नको जवाफ जनताले थाहा पाउनुपर्छ तर संविधानले कोरेको सीमाभन्दा माथि कुनै पनि निकाय रहन सक्दैनु विज्ञप्तिमा लेखिएको छ ।

न्यायपालिकाको स्वतन्त्रता र गरिमाको संरक्षण गर्न सार्वभौम संसदीय सुनवाइ समितिले जिम्मेबारपूर्ण निर्णय गर्ने डिएलएको अपेक्षा छ । सुनवाइ समितिका सदस्यहरुले दिएको गैरजिम्मेवार अभिव्यक्तिका सम्बन्धमा समेत नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

निर्णय प्रक्रियामा रहेको संवेदनशील विषयमा समितिकै सदस्यले हल्का टिप्पणी गर्नुका साथै पार्टी र सरकारको प्रत्यक्ष दबाब देखिनुले गम्भीर प्रश्नहरू उव्जिएको डिएलएको टिप्पणी छ । कतै यो एउटा घटनालाई आधार बनाएर स्वतन्त्र न्यायालयमाथि नै प्रहार गर्न खोजिएको त होइन भन्ने प्रश्न पनि डिएलएले उठाएको छ ।

प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा नियुक्त हुने व्यक्तिका सम्बन्धमा आएका गैरजिम्मेवार अभिव्यक्ति र सुनवाइ समितिको अनिर्णयले स्वतन्त्र न्यायपालिका तथा जनताको न्यायालयप्रतिको आस्थामा कुठाराघात हुने अवस्था नआओस् भन्नेतर्फ सचेत हुन डिएलएले आग्रह गरेको छ ।