क्यालिफोर्नियामा भीषण अागलागी
वि.सं.२०७५ साउन १८ शुक्रवार ०२:५२
shares

अमेरिका स्थित क्यालिफोर्निया जङ्गलमा केही भागमा लागेको डढेलो द्रुत गतिमा सहरतर्फ फैलिएपछि एक हजारभन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
अागलागीमा बुधबारसम्म ६ जनाको मृत्यु भइसकेको छ भने १ हजार ५८ घर नष्ट भएका छन् । मृत्यु हुनेमा २ अग्निनियन्त्रक पनि छन् । ३८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । एक लाख २१ हजार एकड जमीन आगलागीबाट नष्ट भएको बताइएको छ । डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्किन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुनः नयाँ आगलागी सुरु भएको थियो ।
क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मलेनमा आगलागी नियन्त्रण गर्नका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाइएको बताए । हरेक वर्ष दोहोरिने गरेको आगलागी समस्याको समाधानका लागि अग्नि नियन्त्रकहरुलाई नयाँनयाँ तरिका सिकाइए पनि आगलागीलाई नियन्त्रणमा ल्याउन भइरहेको कठिनाइबाट आफू आश्चर्यचकित भएको ब्राउनले बताएका हुन् ।
क्यालिफोर्नियाको इतिहासमा यो छैटौं भीषण आगलागी हो । डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्कन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुनस्नयाँ आगलागी सुरु भएको थियो । बुधबारमात्र सियरा नेभाडा क्षेत्रमा ३ स्थानमा आगो फैलिएको थियो । सानफ्रान्सिस्कोको उत्तरी तथा पूर्वी क्षेत्रमा पनि मंगलबार दुई स्थानमा आगो सुरु भएको छ । ती स्थान पनि मानव बस्तीनजिकै छन् ।

























