काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संसदीय इतिहासमा नयाँ अभ्यास : प्रमुख प्रतिपक्षबिना संसद चलाए सभामुख महराले

10.86K
shares

सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षाबिना नै संसद संचालन गरेका छन् । संसदीय इतिहासमा अनौठो मानिने यो घटना बिहिबारको प्रतिनिधिसभामा देखिएको हो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मात्र नभएर सत्तापक्षकै सांसदले समेत कञ्चनपुरमा देखिएको बलात्कारपछि हत्या गरिएको सिरियल घटना र संसद भवन अगाडी नै सांसदको कञ्चटमा पेस्तोल ताकिएको घटनाका विषयमा प्रश्न उठाएका थिए ।

सांसदहरुले महिला हिंसा, बालिकाको बलात्कारपछि हत्याका सिरियल घटना र सरकारले शान्तिसुरक्षाको ज्ञारेन्टी गर्न नसकेको कुरा उठाए । प्रमुख प्रतिपक्षको मग अनुसार सभामुखले गृहमन्त्री रामबहादुर थापालाई समय दिए, सांसदले उठाएका प्रश्नको जवाफ दिन ।

प्रश्नको जवाफ दिन पुगेका गृहमन्त्रीको जवाफ चित्त नबुझको र अपूर्ण रहेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले थप प्रश्न सोध्न समय मागिरहँदा सभामुखले त्यसलाई नियमावलीको व्याख्या गर्दै पन्साउने प्रयत्न गरेका थिए, भने प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजालले नियमावलीको धारासहित कोट गरेर पुष्टी गरिरहेका थिए । यहि विषयमा सभामुख र प्रमुख प्रतिपक्षबीच दोहोरी सुरु भयो ।

प्रतिपक्षी कांग्रेस उठेपछि सभामुख महराले भने, ‘माननीय ज्युको के हो ?’ तत्कालै कांग्रेसका डाक्टर मिनेन्द्र रिजाजालले प्रतिनिधिसभा नियमावलीको दुफा ११९ कोट गरेर मन्त्रीले सार्वजनिक वक्तव्य दिइसकेपछि प्रश्न सोध्न पाइने र मन्त्रीले जवाफ दिनुपर्ने बताए ।

niamaoli-newskarobar

सभामुखले गृहमन्त्रीको जवाफ शुन्य र विशेष समयको भएको भन्दै दफा १५ पढ्न सुझाव दिए र बैठक अघि बढाए ।

niamaoli-newskarobar

सभामुखले आफ्नो दाबीलाई नियमावलीको व्यवस्था मानेर बैठक संचालन गर्न खोज्दा प्रमुख प्रतिपक्षले अवरोध जारी राखेपछि सभामुख महरालले प्रमुख प्रतिपक्षको अवरोधमै संसद बैठक संचालन गरे ।

उनले अवरोधकैबीचमा अर्थमन्त्री डा. युवराज खतिवडालाई र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई समय दिएका थिए । सभामुखले मन्त्रीलाई समय दिएपछि मन्त्रीले बोलुञ्जेल बसेर सहयोग गरेका कांगेस सासंसदले सभामुखले अवरोधकैबीचमा संसदीय समितिमा रहने सदस्यको नाम पस्ताव गरेपछि बिनामाइक नै सभामुखलाई प्रतिपक्षको अवरोध थाहा छैन भन्दै आपत्ति जनाएका थिए ।

अवरोधकाबीच समितिका नाम स्वीकृत भएको घोषणा गरेका सभामुख महराले त्यसपछि पनि विधेयक प्रस्तुत गर्नेक्रम जारी राखेपछि प्रतिपक्षी कांग्रेसका संसदले बहिस्कार गरेर बाहिरिएका थिए । सभामुख महरालले प्रतिपक्षबिहिन बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राखेको बीमा विधेयक २०७५ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषण गररेभने गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अबैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी विमस्टेक महासन्धि पस्तुत गराए ।