नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल आज
वि.सं.२०७५ साउन १८ शुक्रवार १३:४८
shares

नेपालले नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल खेल्दै छ । अन्तिम खेलमा नेपालले नेदरल्याण्डसंग सामना गर्दैछ । पहिलो खेलमा नेदरल्याण्डसँगै ५५ रनले पराजित भएको नेपाल आज जीत खोजीमा हुनेछ ।
बुधबार पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपाल आज खेल जितेर हिसाब बराबर गर्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको हो । पहिलो खेलमा राम्रो बलिङ गरे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टिमले दोस्रो खेलमा त्यसलाई सुधार्ने पक्षमा छ ।
आजको खेलमा शक्ति गौचन मैदानमा हुने छैनन् । उनले बुधबारको खेललाई नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल बनाइसकेका छन् । यस्तै, नेपालले अनुभवी खेलाडी शरद भेषावकरलाई पनि चोटका कारण गुमाउने त भएको छ । यस अघिको खेलमा फिल्डिङ गर्दा शरदको औंलामा चोट लागेको थियो ।
नेपालले जित हात पारेमा दुई खेलको श्रृखंला बराबरी गर्ने राम्रो मौका हुनेछ । पहिलो खेलमा टिममा भएका कमिकमजोरीलाई हटाउदै नेपाल जित्नैपर्ने दबाबमा छ । पहिलो अन्तर्राष्ट्रिय शृंखलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खोल्ने बाटो नेपाललाई प्राप्त हुने छ ।

























