global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ भारत अधिनस्थ काश्मिरमा गोली हानाहान, दुर्इको मृत्यु

भारत अधिनस्थ काश्मिरमा गोली हानाहान, दुर्इको मृत्यु

भारत अधिनस्थ काश्मिरमा गोली हानाहान, दुर्इको मृत्यु

भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले सो जानकारी दिएका छन् । श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

जङ्गलमा भएको यस दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी र एक सैनिकको मृत्यु भएको कर्नेल राजेस कालियाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

सो इलाकामा आतङ्ककारीहरुको खोजी भइरहेको थियो । उक्त क्षेत्रमा विगत लामो समयदेखि उनीहरुले आतङ्क मच्चाइरहेका छन् ।

गत आइतबार पनि कुप्वाला जिल्लाको तल्लो इलाकामा भारतीय सेनाको कारबाहीमा परी कम्तीमा छ आतङ्ककारी मारिएका थिए ।

(रासस/सिन्ह्वा)

प्रकाशित समय : २२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु