गृहपृष्ठ काठमाडौं उपत्यकासहित देशैभर वर्षा, बाढीले दाङमा बस बगायो, सतर्कताका अपनाउन अपिल
काठमाडौं उपत्यकासहित देशैभर वर्षा, बाढीले दाङमा बस बगायो, सतर्कताका अपनाउन अपिल
काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ । गएरातिदेखि अधिकांश क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी खोलाहरुमा पानीको वहाव बढेको छ ।
दाङको तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । ना ४ ख ८१३६ नम्बरको बस गएराति खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेको प्रहरीले जनाएको छ । दाङको बबई, कटुवा खोला, सेवार, गुर्जे, ग्वारखोलालगायका खोलामा आएको बाढीले यातायात प्रभावित भएको छ ।
आज मध्य र पश्चिमका धेरै ठाउँमा धेरै वर्षाको सम्भावना रहेको छ । नदी खोलामा पानीको वहाव उच्च रहेकाले सतर्कताका अपनाउन जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ ।
प्रकाशित समय : १३:४३ बजे



















