global ime bank Long Banner Ad

गृहपृष्ठ सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् । सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हँुदै आएपछि माथिल्लो कक्षा अध्ययनका लागि विद्यार्थी भारतका विभिन्न विद्यालयमा जान बाध्य भएका हुन् ।

सुस्तामा कक्षा ६ पछि अध्ययनको व्यवस्था नहँुदा विद्यार्थी अध्ययनका लागि भारतीय विहार राज्यको भंैसालोटन बजारका विद्यालयमा अध्ययन गर्न जान बाध्य भएको जनता दलित प्राविका प्रधानाध्यापक उदयबहादुर रुचालले जानकारी दिए । करीब ७० प्रतिशत विद्यार्थी भारतीय बजारमा अध्ययन गर्न बाध्य छन् ।

सुस्ताको विद्यालयमा पर्याप्त शिक्षक, आवश्यक भौतिक संरचनालगायतको अभावमा विद्यालयमा कक्षा ६ पछिको माथिल्ला कक्षा सञ्चालन गर्न नसकिएको सुस्ता गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति टंकनाथ ढकालले जानकारी दिए ।
(रासस)

प्रकाशित समय : १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु