global ime bank Long Banner Ad

गृहपृष्ठ तीनपांग्रेमाथिको प्रतिबन्धले भरतपुर तनावग्रस्त, यसरी भयो झडप

तीनपांग्रेमाथिको प्रतिबन्धले भरतपुर तनावग्रस्त, यसरी भयो झडप

तीनपांग्रेमाथिको प्रतिबन्धले भरतपुर तनावग्रस्त, यसरी भयो झडप

चितवनको भरतपुरमा विद्युतीय रिक्सा चालक र प्रहरीबीच ढुंगा हानाहान भएको छ । तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि रिक्सा चालकहरु आन्दोलित बनेका हुन् । पारस बसपार्कमा भेला भएका करिब तीन सय रिक्सा सञ्चालकले सवारी अवागमन अवरुद्ध पारेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो ।

त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । उनका अनुसार प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडिको चौकीमा आक्रमणको प्रयास गरेका थिए ।

त्यसक्रममा प्रहरी चौकी अगाडि रहेको एउटा मोटरसाइकलमा उनीहरुले आगजनी गरेका छन् । त्यसपछि पुनः उनीहरु सिडिओ कार्यालयतिर अघि बढेपछि प्रदर्शनकारीविरूद्ध प्रहरीले सय राउन्डभन्दा बढी अश्रु ग्याँस प्रहार गरेको छ । एसपी राठोरका अनुसार प्रदर्शनकारीलाई तितरवितर पार्न १० राउन्ड हवार्इ फायर पनि गरिएको छ । झडपका क्रममा केही प्रदर्शनकारी र दुईजना प्रहरी घाइते भएका छन् ।

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाएको थियो  । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, ट्रेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

chitawan-tanab-newskarobar

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु