काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालमा ७० अर्बको औषधि खपत

13.94K
shares

 

नेपालमा ७० अर्ब रूपैयाँबराबरको औषधि खपत हुने गरेको छ । नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारीले नेपालमा ७० अर्ब रूपैयाँबराबरको औषधिको बजार रहेको बताएका हुन् ।

स्वदेशी विदेशी औषधि, औषधिको कच्चा पदार्थ र सर्जिकललगायतको मूल्य जोड्ने हो भने करिब ७० अर्बको बजार रहेको उनको भनाइ छ । विदेशबाट औषधि आयात गर्नेहरुको संस्था औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका नेपालमा वार्षिक २६ अर्बबराबरको औषधि आयात भइरहेको छ ।

औषधि व्यवस्था विभागले भने नेपालमा वार्षिक ३६ अर्बबराबरको औषधि खपत हुने अनुमान गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ ।  विभागका महानिर्देशक नारायण ढकालका अनुसार त्यसमा विदेशबाट आयातित र स्वदेशमा उत्पादित औषधि समावेश छ ।

काठमाडौंमै धेरै विशेषज्ञसहितका कडा रोगको उपचार हुने, सेवा सुविधा र उपचारमा पहुँचको हिसाबले पनि देशभरबाट बिरामी आउने भएकाले काठमाडौंमा ठूलो परिणाममा औषधि खपत हुन्छ ।

नेपालमा हाल ४५ प्रतिशत औषधि उत्पादन हुन्छ भने बाँकी औषधि विदेशबाट आयातित हुने विभागको भनाइ छ । आयातित औषधिमध्ये ८० देखि ९० प्रतिशत भारतीय र बाँकी तेस्रो मुलुकबाट आउने गर्छ ।

विभागमा देशभर २१ हजार फार्मेसी दर्ता भएका छन् । पाँच हजारभन्दा बढी फार्मेसी बिनादर्ता सञ्चालन भएको हुनसक्ने नेपाल औषधि व्यवसायी संघका महासचिव विडारीको भनाइ छ ।

नेपालमा ९० वटा मानव औषधि उत्पादन गर्ने कम्पनी दर्ता भएका छन् । तीमध्ये हाल ७० वटा कम्पनीले औषधि उत्पादन गरिरहेको महासचिव विडारीको भनाइ छ ।

(रासस)