global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीलाई परराष्ट्रविदको सुझाव– हठ होइन, विनम्रता देखाउनुस्

प्रधानमन्त्रीलाई परराष्ट्रविदको सुझाव– हठ होइन, विनम्रता देखाउनुस्

प्रधानमन्त्रीलाई परराष्ट्रविदको सुझाव– हठ होइन, विनम्रता देखाउनुस्

परराष्ट्रविद डा. दिनेश भट्टराईले सरकारलाई हठ छाडेर विनम्रता देखाउन आग्रह गरेका छन् । आफूलाइ यातना दिएर सत्यका लागि आग्रह गरिरहेका डा. गोविन्द केसीको माग जनताकै माग भएको भन्दै उनले विनम्रता देखाउन सरकारलाई आग्रह गरेका हुन् ।

बुटवलमा बुधबार आयोजित कार्यक्रममा परराष्ट्रविद भट्टराईले तत्कालीन कोइराला सरकारले आवश्यक ठानेरै माथेमा टोलीलाई प्रतिवेदन बनाउन लगाएको उल्लेख गरे । ‘विज्ञको प्रतिवेदनलाई लाइन बाई लाइन छलफल गरेर निष्कर्षमा पुग्न जरुरी छ,’ उनले भने, ‘डा. केसीको अभियान एक्लो प्रयास होइन, नागरिक समाज र आमनेपाली जनताको समर्थनको विषय हो ।’

दुई तिहाइ जनमत भएको सरकारले पनि आत्मविश्वास नभएको जस्तै व्यवहार प्रदर्शन गरिरहेको उनले बताए । नेपालमा दक्षिण एसियामै सबैभन्दा बढी निजी मेडिकल कलेज भएकाले अब यसलाई व्यवस्थित गर्नुपर्ने भट्टराईको भनाइ छ ।

प्रदेश ५ का प्रदेशसभा सांसद विष्णु पन्थीले मुलुकको निकासका लागि दलहरुले साझा धारणा बनाउनुपर्ने बताए । ‘सरकारले रेगुलेट गर्ने हो, निश्चित प्रक्रिया पुर्याएर सञ्चालन गर्न दिने हो भने यो समस्या टुंगिन्छ,’ उनले भने ।

प्रकाशित समय : २१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु