काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भागबन्डा मिलाएर प्रदेश ५ का संसदीय समितिलाई पूर्णता

23.88K
shares

प्रदेश नम्बर ५ का संसदीय समितिले पूर्णता पाएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस र संघीय समाजवादी फोरमलाई एक–एक समितिको नेतृत्व दिने गरी ६ वटा समिति गठन गरिएको हो । प्रदेशसभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीले समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए ।
प्रदेश सभा नियमावलीअनुसार प्रदेश मन्त्रालयका काम र जिम्मेवारी समावेश हुने गरी ६ समिति गठन भएका हुन् । प्रदेश ५ मा सार्वजनिक लेखा, अर्थ उद्योग तथा पर्यटन, भौतिक पूर्वाधार तथा विकास, प्रदेश मामिला तथा कानुन, सामाजिक विकास र कृषि, वन तथा वातावरण समिति गठन भएका छन् ।
कांग्रेसले लेखा समिति र फोरमले कृषि, वन तथा वातावरण समितिको नेतृत्व पाउने सहमति भएको छ । सार्वजनिक लेखा समिति १२ र भौतिक पूर्वाधार १४ र अन्य समिति १३ सदस्यीय बनाइएको छ ।

लेखा समितिमा प्रतिपक्षीबाट ४ र सत्ता पक्षबाट ८ सांसद छन् । अन्य समितिमा प्रतिपक्षीका तीन÷तीनजना राखिएको छ । लेखा समितिमा कांग्रेसका तर्फबाट डिल्ली चौधरी, निर्मला क्षेत्री, वसिउद्धिन खाँ र भुवनेश्वर चौधरी छन् । नेकपाका विष्णु पन्थी, विमला पन्थी, कुलप्रसाद पोखरेल, गीता थापा, तिलकराम शर्मा, पार्वती पुन, युवराज खनाल र रेवतीरमण शर्मा छन् । समितिहरुको नेतृत्वको टुङ्गो लागिनसकेको भए पनि कांग्रेसले पाउने लेखा समितिको नेतृत्व सांसद डिल्लीबहादुर चौधरीले गर्ने बताइएको छ ।

१३ सदस्यीय अर्थ, उद्योग तथा पर्यटन समितिमा अमरबहादुर डाँगी, कृष्ण न्यौपाने, कृष्णा केसी, तुलाराम घर्ती, तुल्सी चौधरी, थानकुमारी थापा, दधिराम न्यौपाने, पुर्मती ढेंगा, वीरेन्द्रकुमार कनोडिया, माला गोतामे, रामजीप्रसाद घिमिरे, बैजनाथ कलवार र सनिता ठठेर छन् ।

भौतिक पूर्वाधार तथा विकास समितिमा इन्द्रप्रसाद खरेल, उत्तरकुमार ओली, चिन्तावती कुर्मी, जालपा भुसाल, तारा जिसी, दिनेश पन्थी, धर्मलालप्रसाद श्रीवास्तव, नारायण आचार्य, पुष्पा थरुनी, फकरुद्धिन खान, वीरबहादुर राना, भूमिश्वर ढकाल, लौटी थारु र सहसराम यादव छन् ।
प्रदेश मामिला तथा कानुन समितमा आशा स्वर्णकार, इन्द्रजित थारु, कृष्णध्वज खड्का, खडकबहादुर खत्री, दीपेन्द्र अधिकारी, बलदेव शर्मा पोखरेल, भगवती भण्डारी, भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, सन्तोष कुमार पाण्डेय, सरस्वती गौतम, सुरेन्द्रबहादुर हमाल, हरिप्रसाद रिजाल छन् ।
सामाजिक विकास समितिमा अजय शाही, अर्जुनकुमार केसी, अर्जुनकुमार श्रेष्ठ, अष्टभुजा पाठक, कमला बिक, तेजबहादुर ओली, दीपा बिक, दीपेश थारु, दीर्घनारायण पाण्डे, पुरनमान बज्राचार्य, बाबुराम गौतम, रीना नेपाल बिक र सुमन शर्मा रायमाझी छन् ।

कृषि, वन तथा वातावरणमा कमलराज श्रेष्ठ, कविराम थारु, चेतनारायण आचार्य, दामा शर्मा, दीपेन्द्र पुन मगर, धमकली चौधरी, फौजिया जसिम, मोहम्मद याकुव अन्सारी, रमा घर्ती, रुन्धावती शर्मा, विजयबहादुर यादव, शान्तिदेवी स्वर्णकार र सुष्मा यादव छन् ।