नेपाल मेडिसिटी र नागरिक अस्पतालबीच सम्झौता
वि.सं.२०७५ साउन २१ सोमवार १९:१९
shares

ललितपुरको नेपाल मेडिसिटी र भक्तपुरमा अवस्थित नागरिक सामुदायिक अस्पतालले विशेष सहमति गरेका छन् । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले औपचारिक रुपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाको बलियो समन्वय स्थापना गर्ने उद्देश्यले क्षमता अभिवृद्धिसहित सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा जोड दिन सहमति गरिएको हो । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले सम्झौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक रिमालले बताए ।
खासगरी प्रविधि, पूर्वाधार र चिकित्सकीय दृष्टिले अग्रणी भूमिका खेलिरहेको नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले खुसी व्यक्त गरे । अर्बौं रकम खर्चिएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान हुने उनले बताए ।

























