लायन्स क्याबिनेट बैठक सम्पन्न
वि.सं.२०७५ साउन २१ सोमवार १९:०३
shares

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ को पहिलो क्याबिनेट बैठक काठमाडौंमा शनिबार सम्पन्न भएको छ । बैठक एरिया नम्बर एकको आयोजनामा भएको थियो । कार्यक्रममा लायन्स क्लबका इन्टरनेसनल डाइरेक्टर मोहम्मद अद्रेशले लायन्स क्लबले नेपालमा राम्रो मानवीय सेवा गरेको बताए । यसकै कारण विश्वभर नेपालीप्रति सम्मान बढेको उनले जानकारी दिए ।
पूर्व डाइरेक्टर सञ्जय खेतानले संसारभर नेपाली लायन्सको योगदान प्रशंसनीय भएको बताए । डिस्ट्रिक्ट गभर्नर सुनिल ओझाको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा ३ सय ८६ क्लबका १ हजार ३ सय जना सहभागी भएको आयोजकले बताएको छ । कार्यक्रममा लायन्स सदस्यहरुलाई विभिन्न अवार्डले सम्मान गरिएको थियो ।

























