काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आफ्नाले समेत छाडेपछि नैनसिंह महर एक्लै

26.65K
shares

 

दुई वर्षअघि भदौमा नेपाल विद्यार्थी संघका नेता–कार्यकर्तामा बेग्लै उत्साहको सञ्चार भएको थियो । २०६४ सालदेखि हुन नसकेको नेविसंघको महाधिवेशन हुन लागेपछि उनीहरु उत्साही बनेका थिए । नेताको निगाहमा मनोनीत नेतृत्वबाट चलेको नेविसंघले आफैँ नेतृत्व छान्ने अवसर पाउनै लाग्दै थियो । नेविसंघका केन्द्रदेखि जिल्ला तहसम्मका कार्यकर्ता महाधिवेशनका लागि काठमाडौंमा भेला भएका थिए ।

त्यसबखत महाधिवेशन गराउने क्रममा पार्टी नेतासमेत विवादमा तानिए । जसरी पनि आफ्नो पक्षको नेतृत्व ल्याउन लाग्दा केन्द्रीय महाधिवेशनमा भाग लिने प्रतिनिधिको संख्यासमेत झन्डै ३ हजार पाँच सय पुगेको थियो । विवादकै बन्दसत्र पनि नगरी महाधिवेशनको चुनावी कार्यक्रममा प्रवेश गरेको नेविसंघले निर्वाचनबाट नैनसिंह महर नेतृत्वको एक सय २८ सदस्यीय कार्यसमिति निर्वाचित गर्याे ।

निर्वाचित कार्यसमितिको आकार देखेर उतिबेलै प्रश्न सुरु भयो । कार्यसमिति बैठक अब कुन सभाहलमामा गर्ने होला ? एक सय २८ जना निर्वाचित भए पनि २२ जना मनोनीत गर्ने सिट खाली थियो । त्यसैले प्रश्न स्वाभाविक थियो । उत्साह र प्रश्नका बीच आएको नेतृत्वले त्यतिबेला उचाइ लिएको थियो, जतिबेला महरसँग अध्यक्षमा पराजित मनोजमणि आचार्यले वाल्मीकि क्याम्पसमा बधाई कार्यक्रम आयोजना गरेका थिए ।

त्यसबेला महरले भनेका थिए, ‘हामी निर्वाचनमा फरक–फरक प्यानलमा चुनाव लड्यौं होला, त्यो निर्वाचनका लागि मात्र थियो, अब मैले कुन प्यानलबाट निर्वाचित भएको भनेर हेर्ने छैन, सबैजना अब नेविसंघमा एकाकारा भयौं ।’ त्यसँगै महरले अर्को घोषणा पनि गरेपछि तालीको वर्षा नै भयो । ‘हामी दुई वर्षका लागि निर्वाचित भएका छौं, हाम्रो दिनगन्ती निर्वाचित भएकै दिनबाट सुरु भइसकेको छ,’ उनले भनेका थिए, ‘अब म यहीँबाट घोषण गर्छु, हामी दुई वर्षमै महाधिवेशन गर्छौं । विधानले दिएको थप तीन महिनाको सुविधासमेत लिनेछैनौं ।’ त्यति उत्साह भरेका अध्यक्षको भदौ २ गते कार्यभार सम्हालेर गरेको पहिलो केन्द्रीय समितिमा पुग्दा चुलिएको थियो ।

‘विश्विद्यालयमा राजनीतिक नियुक्ति बन्द गरी खुला प्रतिस्पर्धा सुनिश्चित गर्ने, विद्यालय तहमा राजनीति गर्न नजाने, राजनीतिलाई युवाको आकर्षणको केन्द्र बनाउनेसहितका दुई दर्जनभन्दा बढी निर्णयले राजनीतिक वृत्तमा समेत चर्चामा आए । तर। त्यो उत्साह हरेक महिना गर्ने भनिएको केन्द्रीय समितिको दोस्रो बैठकसम्म पनि टिक्न सकेन । महरले बोलाएको दोस्रो बैठकमा रामचन्द्र पौडेल पक्षका सहभागी नै भएनन् । दोस्रो बैठकमै समानान्तर दुईवटा बैठक बसे ।

अध्यक्ष महरले वरीयता मिचेको अरोप लगाएको पौडेल समूहले उपाध्यक्ष उर्मिला थपलियाको नेतृत्वमा अनामनगरमा छुट्टै केन्द्रीय समिति बैठक आयोजना गर्यो । दोस्रो बैठक त्यसरी बसेपछि पार्टीले गठन गरेको नेविसिंघ निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतको अयोजनामा प्रशिक्षणका रुपमा तेस्रो बैठक बस्यो ।

त्यसयताका १९ महिनामा नेविसंघको एउटा पनि केन्द्रीय समिति बैठक बसेको छैन । दुई वर्षभित्र महाधिवेशन गर्ने म्यान्डेटसहित निर्वाचित नेतृत्वले केन्द्रीय समितिको बैठकसमेत गर्न नसकेपछि त्यसबेला देखिएको उत्साह निराशातर्फ फर्किएको छ ।

२०६८ सालमा कांग्रेसका तात्कालीन सभापति सुशील कोइरालाले निर्वाचनबाट आएका नेविसंघ अध्यक्ष प्रदीप पौडेललाई राजीनामा गर्न लगाएर ६ महिनाभित्र महाधिवेशन गर्न रञ्जित कर्णको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाएका थिए । तर, त्यही कार्यसमितिले चार वर्ष नेविसंघको नेतृत्व सम्हाल्यो । पछि ०७३ साउनमा पार्टीकै निर्देशन समितिमार्फत महाधिवेशन भएको थियो ।

विधानमा भएको व्यवस्थाअनुसार नेविसंघको निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष हो । त्यसमा थप तीन महिना कार्यसञ्चालन गर्नसक्ने व्यवस्थासमेत गरिएको छ । तर, अहिलेसम्म महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिसमेत बस्न सक्ने अवस्था छैन ।

अध्यक्ष नैंनसिंह महरको प्यानलबाट विजयी महामन्त्रीद्वय सरोज थापा र कुन्दनराज काफ्लेसमेत महरसँग छैनन् । काफ्ले कृष्ण सिटौला समूहबाट निर्वाचित भएकाले छुट्नु स्वाभाविक भए पनि देउवा समूहबाटै प्यानलमा परेका थापाले समेत महरको साथ छाडेका छन् । काफ्लेले त छुट्टै केन्द्रीय समिति बैठक राख्नेदेखि छुट्टै कार्यालय सञ्चालन गर्ने, अध्यक्षले गरेका निर्णय खारेज गर्ने तथा महाधिवेशन घोषणा गर्नेसम्मका काम गरिरहेका छन् । अर्का महामन्त्री थापा पनि अध्यक्षको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले डाकेका बैठकमा सहभागी हुन छाडेका छन् । त्यसैले दुई वर्षे कार्यकालसम्म आइपुगेर म्यान्डेट सकिनै लाग्दा अध्यक्ष महर आफ्नै समूहसमेत नभएर एक्लै भएका छन् ।

उनकै प्यालनबाट निर्वाचित सहमहामन्त्री सरोज थापा अध्यक्षको संकिर्ण चरित्रका कारण समस्या थपिँदै गएको भन्दै सुधार गर्नसक्ने अवस्था आफूले नदेखेको बताउँछन् । ‘नेविसंघको पहिलो बैठकले सर्वसम्मतिबाट गरेका निर्णय कार्यान्वयन गर्न साथीहरुलाई विश्वासमा लिएर कार्यसमितिमा मनोनयन, मातहतका निकायका पदपूर्तिलगायतका काम गर्नुपर्नेमा अध्यक्षबाट उत्तरदायी भूमिका निर्वाह हुन सकेन,’ थापाले भने, ‘सानो कोटरीमा रमाउने चरित्रका कारण महाधिवेशनको प्रक्रिया अघि बढाउने र संगठनलाई चुस्तदुरुस्त बनाउने पहल हुन नसक्दा पार्टीले नेविसंघको अधिवेशन प्रक्रिया अघि बढाउन सहमहामन्त्रीको संयोजकत्वमा समन्वय समिति गठन गर्नु दुःखद कुरा हो ।’

उनले अध्यक्षसँग असहमति राख्ने समूह र पदाधिकारीबाट पनि विधानको उल्लंघन गर्दा अनुशासनको दायरामा ल्याउने जिम्मा अध्यक्षको भए पनि आफैँ विधानको उल्लंघन गर्न उद्यत देखिएको बताए । उनले संगठनमा देखिएको अराजकताका विषय विद्यार्थीमाझ राख्दा अध्यक्षले आफूसहित आफ्नै समूहका साथीसँग ईश्र्या गर्ने प्रवृत्तिका कारण मतभिन्नता सुरु भएको बताए । ‘अध्यक्षले आफ्नो कार्यशैली र संकिर्ण मानसिकता त्यागेर साँघुरो मनोवृत्ति परिवर्तन गर्न जरुरी छ,’ थापाले भने ।

देउवा प्यालनबाट निर्वाचित थापासमेत अलग भएपछि महर सानो समूहमा सीमित भएका छन् । महामन्त्रीसँग प्रदेश नम्बर–१ र २ का उपाध्यक्षसहितको टिम बाहिरिएपछि उनको दायरा खुम्चिएको हो । सुरुको एक वर्ष सँगै रहेका सिटौला समूहबाट उनकै प्यालनमा जितेका महामन्त्री कुन्दनराज काफ्ले अधिवेशन गराउनेभन्दा पनि आफूनिकटलाई विश्वविद्यालय र क्याम्पसको नेतृत्व छान्न थालेपछि समानान्तर समिति निर्माणमा लागेका थिए ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा त अध्यक्ष महरले पत्र दिएर आफूनिकटका अध्यक्ष बनाएपछि उपाध्यक्ष उर्मिला थपलिया समूहले विद्यार्थी भेला गरेर नयाँ अध्यक्ष छानेको थियो भने महामन्त्री काफ्ले समूहले पनि छुट्टै कार्यसमिति गठन गरेको थियो । त्यस्तै अवस्था त्रिचन्द्र क्याम्पसमा पनि भएपछि त्यसले झडपको रुप लियो । अध्यक्ष महरले पत्र दिएर अध्यक्ष छानेपछि महामन्त्री काफ्ले समूहले भेलाबाट नयाँ कार्यसमिति गठन ग¥यो । त्यसपछि एक–अर्कालाई निषेध गर्नेक्रममा झडप हुँदा महरले पत्र दिएका विद्यार्थी घाइते भई अस्पताल भर्ना हुनुपरेको थियो । महाधिवेशन उद्घाटन गरेको दुई वर्ष भदौ २३ गते पूरा हुँदैछ । तर, नेविसंघले सदस्यता नवीकरण गरिसक्नुपर्ने मितिसमेत तोक्न सकेको छैन । जिल्ला र क्याम्पसका अधिवेशन गर्ने परको कुरा ।