global ime bank Long Banner Ad

गृहपृष्ठ दोस्रो वाइडबडी विमान ‘मकालु’ अवतरण

दोस्रो वाइडबडी विमान ‘मकालु’ अवतरण

दोस्रो वाइडबडी विमान ‘मकालु’ अवतरण

नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा अाएका थिए ।
विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका थिए ।
(रासस)

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु