गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोरङ सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गएराति मे ३ प ६६९४ नम्बरको मोटरसाइकल र मे ३ प ९३१० नम्बरको मोटरसाइकल ठोक्एिर ६६९४ नम्बरको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए । दुर्घटनामा परी अर्को मोटरसाइकलका चालक सुनवर्षी– ६ का ४५ वर्षीय रुपनारायण ताजपुरिया घाइते भएका छन् । उहाँको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
(रासस)
प्रकाशित समय : १५:०६ बजे


















