गृहपृष्ठ निर्मला हत्या प्रकरण : दोषीलाई कारबाहीको माग राख्दै अनिश्चतकालीन यातायात बन्द
निर्मला हत्या प्रकरण : दोषीलाई कारबाहीको माग राख्दै अनिश्चतकालीन यातायात बन्द
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ नगरिएको भन्दै स्थानीयले अनिश्चतकालीन यातायात बन्द गरेका छन् ।
घटना भएको १३ दिन बितिसक्दा पनि बलात्कार र हत्यामा संलग्न पत्ता नलागेको भन्दै स्थानीयले भीमदत्त नगरपालिकामा अनिश्चतकालीन यातायात बन्द गरेका हुन् ।
प्रशासनले अनुसन्धानमा ढिलाइ गरेको आरोप लगाउँदै मातृ संगठनले आन्दोलनको नेतृत्व गरेको छ । संगठनले हत्यारा पत्ता नलागेसम्म यातायात बन्द जारी राख्ने चेतावनी दिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने घटनाका विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मला भोलिपल्ट मृत अवस्थामा उखु घारीमा फेला परेकी थिइन् ।
प्रकाशित समय : १४:५२ बजे


















