गृहपृष्ठ कर्णाली नदीमा जीप खस्यो
कर्णाली नदीमा जीप खस्यो
कर्णाली नदीमा जीप खसेको छ । कैलालीको मोहोन्याल गाउँपालिका ७ चिफ्लेभीरबाट से १ ज ९२९ नम्वरको जीप कर्णली नदीमा खसेको हो ।
जीप झण्डै चार सय मिटर तल खसेको छ । चालक देवीराम देवकोटा सकुशल रहेका छन् । उनले हाम फालेर ज्यान जोगाएका हुन् । जीपमा अन्य यात्रु नरहेको प्रहरीले जनाएको छ । जीप भने पूर्ण क्षति भएको छ ।
प्रकाशित समय : १६:०२ बजे


















