गृहपृष्ठ जाजरकोटको ठाँटीमा पहिरोमा पुरिएका एक जना अझै भेटिएनन्, उद्धार जारी
जाजरकोटको ठाँटीमा पहिरोमा पुरिएका एक जना अझै भेटिएनन्, उद्धार जारी
जाजरकोट भेरी ३ ठाँटीमा आइतबार पहिरोमा पुरिएका नलगाड ३ का गोविन्द परियार अझै भेटिएका छैनन् । सुरक्षाकर्मी र स्थानीयले आज पनि खोजी कार्य जारी राखेका छन् ।
पानी नरोकिएको र पहिरो गएको ठाँउ हिलाम्य भएकोले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । आइतबार पहिरोमा पुरिएका ८ जनाको शव निकालिएको थियो ।
प्रकाशित समय : १६:०९ बजे


















