global ime bank Long Banner Ad

गृहपृष्ठ दुर्गा प्रसाईंविरूद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी

दुर्गा प्रसाईंविरूद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी

दुर्गा प्रसाईंविरूद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी

बी एन्ड सी मेडिकल कलेज बिर्तामोडका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंविरूद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ । अभियन्ता जमुना सुवेदी, अम्बिका कार्की र राज्यलक्ष्मी श्रेष्ठले प्रसार्इंको अभिव्यक्तिविरूद्ध उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा दुर्गा प्रसार्इंले डा. गोविन्द केसीका मागविरूद्धको पत्रकार सम्मेलनका क्रममा एमबीबीएस पढ्न बंगलादेश गएका नेपाली चेलीहरूले अाफ्नो शरीर बंगलादेशका प्रोफेसरलार्इ नसुम्पी/ प्रोफेसरले करणी नगरी पास भएको सर्टिफिकेट नदिने भन्ने अापत्तिजनक अभिव्यक्ति दिएकाले प्रसार्इंलार्इ गाली-गलाैज बेइज्जत एेन २०१६ र सार्वजनिक अपराध र सजाय एेन २०२७ अनुसार सजाय गर्न माग गरिएको छ ।

त्यस्तै, अभिव्यक्ति दिएका निवर्तमान कानुनमन्त्री शेरबहादुर तामाङले भने मंगलबार नै पदबाट राजीनामा दिइसकेका छन् ।

 

प्रकाशित समय : २१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु