काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

काश्मिरमा भिडन्त, चारजना सैनिक जवानको मृत्यु

12.06K
shares

भारत प्रशासित काश्मिरको बान्दपोरा जिल्लामा सेना र चरमपन्थीहरुबीच भिडन्त भएकोछ । गोली हानाहानमा एक अधिकारसहित चारजना सैनिकको मुत्यु भएको छ भने दुई चरमपन्थी पनि मारिएका छन् ।

काश्मिरमा चरमपन्थीहरुको ठूलो षड्यन्त्रलाई असफल पारिदिएको सेनाले दाबी गरेको छ । ‘गुरेज क्षेत्रमा घुसपैठको एउटा प्रयासलाई असफल पार्दै चार जना योद्धाले प्राण आहूति गरेका छन्,’ श्रीनगरमा सेनाका प्रवक्ता कर्नेल राजेश कालियाले भने, ‘यो अपरेशनमा दुई जना आतंककारी पनि मारिएका छन् ।’

यो अपरेशनमा मारिएका सेनाका मेजरको परिचय केपी राणा रहेको बताइएको छ । तीन अन्य जवानहरुमा हवलदार जमी सिंह। हवलदार विक्रम तीन र राइफलम्यान मनदीप मारिएका हुन् । यी सबै राष्ट्रिय राइफल्स ३६ का जवान थिए । श्रीनगरभन्दा करीब १७० किलोमीटरको दूरीमा गुरेज घाटी पाकिस्तान सीमासँग जोडिएको क्षेत्र हो ।