खुल्यो विपद् व्यवस्थापन शिक्षालय
वि.सं.२०७५ साउन २२ मंगलवार २१:३४
shares

काठमाडौँको गोकर्णमा विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्घाटन गरिएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार शिक्षालयको उद्घाटन गरेका हुन् ।
भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोपको क्षति न्युनिकरणका लागि शिक्षालयको स्थापना गरिएको सेनाले जनाएको छ । शिक्षालयले विपद् व्यवस्थापनको लागि छिटोछरितो र सुरक्षित तरिकाले उद्धार गर्ने प्रविधि तथा कौशलमा निपूर्ण बनाउने तालिमहरु सञ्चालन गर्ने छ ।
सेनाले युद्ध बाहेकका अपरेशनहरु विपद् व्यवस्थापन, प्रकृति संरक्षण, विकास निर्माण, चुरे क्षेत्र संरक्षण, निजामति प्रशासनलाई सहयोग तथा सैनिक–नागरिक सम्बन्धमा अभिवृद्धि गर्ने कामलाई अगाडि बढाउँदै आएको छ ।






















