काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पिटिआईले इमरानलाई प्रधानमन्त्री बनाउने निर्णय गर्याे

7.14K
shares

 

हालै सम्पन्न निर्वाचनमा बहुमत भन्दा केही कम सिट जितेको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई)ले इमरान खानलाई भावि प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ । पिटिआईले निर्वाचनमा हासिल गरेको विजयले यो कुराको पूर्वानुमान गर्न सक्ने स्थिति त थियो तर औपचारिकता भने पाएको थिएन ।

पिटिआईले पूर्व क्रिकेटर तथा पार्टीका प्रमुख इमरानलाई प्रधानमन्त्री निर्णय गरे पनि उनी कहिले प्रधानमन्त्री बन्छन् ? भन्ने तय हुन बाँकी छ । राजधानी इस्लामावादको एक होटलमा बसेको पिटिआइको संसदीय समितिको बैठकले खानलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।