गृहपृष्ठ सरकारले फुटायो मन्त्रालय, अब २२ मन्त्रालय, पद्मा अर्याल ‘फुलमन्त्री’

सरकारले फुटायो मन्त्रालय, अब २२ मन्त्रालय, पद्मा अर्याल ‘फुलमन्त्री’

सरकारले फुटायो मन्त्रालय, अब २२ मन्त्रालय, पद्मा अर्याल ‘फुलमन्त्री’

 

सरकारले भागबन्डा मिलाउनकै लागि एउटा मन्त्रालय टुक्र्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सत्तासाझेदार दललाई खुसी पार्नका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई मन्त्रीको जिम्मेवारी दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाएका हुन् । सत्तासाझेदार संघीय समाजवादी फोरम नेपालले पनि राज्यमन्त्री पद मागिरहेको छ । अर्याललाई फुलमन्त्री बनाएपछि मात्रै फोरमका लागि कोटा खाली हुनेछ ।

यसअघि फोरमबाट यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री छन् । सरकारमा आउनुअघि सत्तारुढ नेकपा र फोरमबीच जम्मा तीन मन्त्री लिने–दिने सहमति भएको थियो । कृषि विकास, पशुपन्छी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो । तर, पुनः मन्त्रालय फुटाएपछि मन्त्रालयको संख्या २१ बाट २२ पुगेको छ ।

प्रकाशित समय : ०१:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु