global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ वडाध्यक्षहरूले गरे नगरपरिषद् बहिष्कार

वडाध्यक्षहरूले गरे नगरपरिषद् बहिष्कार

वडाध्यक्षहरूले गरे नगरपरिषद् बहिष्कार

कलैया उपमहानगरपालिकाको दोस्रो नगरसभाको तेस्रो दिन आइतबार अधिकांश वडाध्यक्षले सभा बहिष्कार गरेका छन् । नगरप्रमुख राजेशराय यादवले सभालाई व्यवस्थित नगरेको आरोपमा ती वडाध्यक्षले सभा बहिष्कार गरेको उपमहानगरपालिकाका प्रवक्ता विक्रम यादवले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ को ९१ करोड ९२ लाख रूपैयाँको बजेटको हिसाबकिताब दिन नमानेपछि आफूहरुले नगर परिषद् बहिष्कार गरेको वडा नम्बर ४ का वडाध्यक्ष जटाशंकर सहजनीले बताए । नगरस्तरीय बजेट ११ करोड २२ लाखमा नगरप्रमुख यादवले नेपाली कांग्रेसका कार्यकर्तालाई पाल्ने काम गरेको आरोप वडा नम्बर ३ का वडाध्यक्ष ज्लाउदिन मन्सुरले लगाए ।

पोषण भत्ता, नगरपालिकाको गाडी दुरुपयोग र तेल मनोमानीपूर्ण वितरण गरेको वडाध्यक्षहरूको आरोप छ । नगरप्रमुख यादवले भने विरोध गर्ने अधिकार सभामा उपयोग गर्नुपर्नेमा केही वडाध्यक्षले बिनाकारण सभा छोडेर हिँडेको भन्दै असन्तुष्टि जनाए ।

प्रकाशित समय : २३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु