गृहपृष्ठ शताब्दीकै लामो चन्द्र ग्रहण यस्तो देखियो

शताब्दीकै लामो चन्द्र ग्रहण यस्तो देखियो

शताब्दीकै लामो चन्द्र ग्रहण यस्तो देखियो

शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण शुक्रबार राति नेपालसहित विश्वका धेरै देशमा देखिएकाे छ । राति १२ बजेर ९ मिनेटमा सुरु भएको ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाकेको थियो । १ बजेर १५ मिनेटदेखि १ घण्टा ४३ मिनेटसम्म अर्थात् २ बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देखिएको थियो । त्यसपछि ग्रहण क्रमशः कम हुँदै गएर राति ४ बजेर ४ मिनेटमा सकिएको थियो ।

राति आकाश बादलले ढाकेका कारण नेपालका कतिपय ठाउँमा चन्द्र ग्रहण देखिएन । शुक्रबार राति लागेकाे खग्रास चन्द्रग्रहण २१ औं शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । चन्द्रग्रहण सुरु भएपछि पहिले कालो हुँदै बिस्तारै रातो भएको थियो । त्यसैले यसलाई ‘ब्लड मून’ पनि भनिएको छ । नासाले यो २१ औँ शताब्दीकै लामो चन्द्रगहण ३ घण्टा ५५ मिनेटको भएको जनाएको छ ।

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु