global ime bank Long Banner Ad

गृहपृष्ठ सनराइज बैंकले गर्यो ८४ वटा अस्पतालसँग सम्झौता

सनराइज बैंकले गर्यो ८४ वटा अस्पतालसँग सम्झौता

सनराइज बैंकले गर्यो ८४ वटा अस्पतालसँग सम्झौता

 

सनराइज बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य बिमा योजना प्रदान गर्न देशभरका ८४ वटा निजी अस्पतालसँग सम्झौता गरेको छ । सम्झौता भएका अस्पतालमा बैंकका ग्राहकले स्वास्थ्य परीक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।

छुट प्राप्त गर्न ग्राहकले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनुपर्नेछ । साथै, ग्राहकको सहजताका लागि बैंकले एक वर्षसम्मको भिसाकार्ड निःशुल्क प्रदान गरेको छ ।

यसैक्रममा सनराइज बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्योपचारमा १० प्रतिशत छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता भएका अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकले बैंकबाट १ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधासमेत पाउनेछन् ।

प्रकाशित समय : १७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु