global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी प्रदेशमा सेञ्चुरी कमर्सियल बैंकका आठ नयाँ शाखा

गण्डकी प्रदेशमा सेञ्चुरी कमर्सियल बैंकका आठ नयाँ शाखा

गण्डकी प्रदेशमा सेञ्चुरी कमर्सियल बैंकका आठ नयाँ शाखा

 

सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठवटा नयाँ शाखा एक साथ सञ्चालनमा ल्याएको छ । बैंकले कास्कीको बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाद,कुस्मा, बागलुङ र बेनीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । सबै आठवटा शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका छन् ।

गण्डकी प्रदेश कार्यालयको उद्घाटन प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र बैंकका अध्यक्ष श्रेष्ठले गरे । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधि, स्थानीय व्यवसायी एवं बैंकका अन्य वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ९१ शाखा र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा एक सय २१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु