global ime bank Long Banner Ad

गृहपृष्ठ सिरहाको पर्यटकीय स्थल बाबातालमा महिलाको शव भेटियो

सिरहाको पर्यटकीय स्थल बाबातालमा महिलाको शव भेटियो

सिरहाको पर्यटकीय स्थल बाबातालमा महिलाको शव भेटियो

 

सिरहाको पर्यटकीय स्थल बाबातालमा एक महिलाको शव फेलापरेको छ । सिरहाको कर्जन्हा नगरपालिका–१, बन्दीपुरस्थित बाबातालमा अन्दाजी ३५ वर्षीया पहिचान नखुलेको मधेसी मूलकी जस्तो देखिने महिलाको शल फेलापरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक शाहका अनुसार पर्यटकीयस्थल बाबाताल जाने बाटोछेउमा पानीले भरिएको खाल्डोमा डुबेको अवस्थामा स्थानीय बासिन्दाले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाबाताल धनुषा र सिरहाको सीमानाकाकै रुपमा रहेकाले त्यहाँ धनुषा र सिरहाबाट अधिकांश पर्यटक घुमफिर गर्नुका साथै पिकनिक मनाउन जाने गर्छन् । शवलाई पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु