global ime bank Long Banner Ad

गृहपृष्ठ संस्कृत भाषालाई लोप हुन दिन नहुने

संस्कृत भाषालाई लोप हुन दिन नहुने

संस्कृत भाषालाई लोप हुन दिन नहुने

नेपालको हिमाली भूमिमा विकसित भएको संस्कृत शिक्षाप्रति विश्वसमुदायकै झुकाव बढ्दै गएका बेला प्रारम्भिक भूमिमा लोप हुन दिनु नहुनेमा जोड दिइएको छ ।

महेश संस्कृत गुरुकूल देवघाटको रजत वर्ष महोत्सव एवं गुरुकूलका संस्थापक ब्रह्मलीन स्वामी डा. रामानन्द गिरीको प्रथम वार्षिक स्मृति दिवसका अवसरमा शंकराचार्य मठ पशुपतिमा सम्पन्न तीनदिने सम्मेलनमा यस्तो निष्कर्ष निकालिएको हो ।

नेपालका धेरै जातजाति, भाषाभाषी तथा जनसमुदायको मूल संस्कृत भाषा भएकाले ब्राह्मणले मात्र नभई सबै वर्गले संस्कृत पढ्नुपर्ने निष्कर्ष सम्मेलनले निकालेको सम्मेलन एवं प्रथम गुरु स्मृति महोत्सव कार्यक्रम संयोजक सह प्राध्यापक डा. मुकुन्दप्रसाद लामिछानेले जानकारी दिए ।

स्वर्गीय डा. स्वामी रामानन्द गिरीलाई राष्ट्रिय विभूतिका रूपमा राज्यले सम्मान गर्नुपर्ने, उनीद्वारा संस्थापित महेश संस्कृत गुरुकूलको उन्नयनमा सबै लाग्नुपर्ने, सबै गुरुकूलको अभिभावकका रूपमा नेतृत्वदायी जीवनयापन गरेका उनको विचार र चिन्तनधारालाई प्रचारप्रसार र अनुशरण गर्नुपर्ने, महेश गुरुकूललाई आवश्यक पूर्वाधारसहितको उत्कृष्ट अनुसन्धान केन्द्रका रूपमा विकसित गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

सम्मेलनमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका मीमांसा विभाग अध्यक्ष प्राध्यापक डा. कमलाकान्त त्रिपाठीलगायतको समूह पनि सहभागी भएको थियो । सो अवसरमा उनले गुरुकुलीय शिक्षामा शास्त्रीय ज्ञानसँगै आचार एवं स्व–अनुशासन प्रमुख पक्ष रहेको बताए ।

(रासस)

प्रकाशित समय : ०१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु