global ime bank Long Banner Ad

गृहपृष्ठ घरायसी ऊर्जा दक्षतामा महिलाको भूमिकामा जोड

घरायसी ऊर्जा दक्षतामा महिलाको भूमिकामा जोड

घरायसी ऊर्जा दक्षतामा महिलाको भूमिकामा जोड

ऊर्जाका अधिकांश हिस्सा घरासायी प्रयोजनमा हुने गरेको र त्यसको अधिकांश उपयोगकर्ता महिला भए पनि त्यसको दक्ष एवम् सुरक्षित प्रयोगमा महिलाको पहुँच बढ्न सकेको छैन ।

त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थान, ऊर्जा अध्ययन केन्द्र, नेपाल ऊर्जा फाउण्डेसन, ऊर्जा र वातावरणका लागि महिला सञ्जालद्वारा ललितपुरमा आयोजित ‘घरायसी ऊर्जा दक्षतामा महिलाको भूमिका’ विषयक गोष्ठीमा सहभागी वक्ताहरुले स्वच्छ ऊर्जामा महिला सहभागिता बढाउनुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा ऊर्जा अध्ययन केन्द्रका निर्देशक डा. श्रीराज शाक्यले राज्यले ऊर्जा क्षेत्रमा विभिन्न प्रतिबद्धताहरु व्यक्त गरेको अवस्थामा प्राज्ञिक एवम् निजी क्षेत्र र आम नागरिकले पनि त्यसअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

जर्मन सहयोग नियोगअन्तर्गत सञ्चालित नेपाल ऊर्जा दक्षता कार्यक्रमका डा. नारायणप्रसाद चौलागाईंले विद्युतीय उपकरणहरुको किफायती प्रयोग गर्नु ऊर्जा उत्पादन सरह हुने बताए । उनले घरायसी प्रयोगमा हुने ऊर्जाको दक्षता बढाएर खपत दर घटाउनु पर्ने आवश्यकता औंल्याए ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक रामजी भण्डारीले ऊर्जा दक्षता बढाउन प्राधिकरणले विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

ऊर्जाविद् चिरञ्जीवी शर्मा पौडेलले ऊर्जा दक्षताले प्राधिकरणलाई माग व्यवस्थापन गर्न सहयोग पुग्नुको साथै विद्युतको बिल कम हुने, वातावरण संरक्षणमा योगदान पुग्ने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी भएको उल्लेख गरे ।

प्रकाशित समय : ०१:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु