global ime bank Long Banner Ad

गृहपृष्ठ बेलका नगरपालिकामा १३ वर्षीय बालकद्वारा आत्महत्या

बेलका नगरपालिकामा १३ वर्षीय बालकद्वारा आत्महत्या

बेलका नगरपालिकामा १३ वर्षीय बालकद्वारा आत्महत्या

उदयपुरको बेलका नगरपालिकामा १३ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । बेलका नगरपालिका वडा नम्बर ४ डाँडाटोलका लिला आचार्यका १३ वर्षीय छोरा हिरा आचार्यले आफ्नै घरको बरण्डामा झुन्डिएर आत्महत्या गरेका हुन् । बिहीबार साँझ ६ बजे हिरा घरको उत्तर–पश्चिम बरण्डामा सनपटुवाको दाम्लोमा झुन्डिएको अवस्थामा फेला परेका सो वडाका वडा अध्यक्ष दीपक दंगालले जानकारी दिए ।

हिरा कक्षा ६ मा अध्ययनरत थिए । हिराका बुवा पुस्तक र पात्रो विक्रेता हुन् । उनी कामको सिलसिलामा बेल्टार गएका थिए । हिराकी आमा पनि घर बाहिर थिइन् । घरमा हिरा र उनकी दिदीमात्रै थिए । साँझ एकछिन पढेर आउँछु भनेर घरमाथि गएका हिरा झुन्डिरहेको अवस्थामा देखिएपछि उनकी दिदीले अतालिएर सबैलाई बोलाइन् । अहिले मुचुल्का उठाउने काम भइरहेको वडा अध्यक्ष दंगालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रकाशित समय : ०२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु