गृहपृष्ठ निशान हत्या प्रकरणमा बोले गृहमन्त्री- अपहणकारी इन्काउन्टरमै मारिएका हुन्
निशान हत्या प्रकरणमा बोले गृहमन्त्री- अपहणकारी इन्काउन्टरमै मारिएका हुन्
गृहमन्त्री रामबहादुर थापाले ११ वर्षीय बालक निशान खड्कालाई अपहरण गर्ने अपहरणकरी इन्काउन्टरमै मारिएको बताएका छन् । चितवनमा संचारकर्मीसँग गृहमन्त्री थापाले फेक इन्काउन्टर हल्ला मात्र भएको प्रतिक्रिया दिएका छन् ।
अपहरणमा संलग्न रहको भनिएका गोपाल तामाङ र अजय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर गोलि चलाएको भन्ने खबर सार्वजनिक भएपछि गृहमन्त्री थापाले उनीहरु इन्काउन्टरमै मारिएको दाबी गरेका हुन् । गोपाल र अजयलाई प्रहरीले पक्राउ गरेर गोली हानी हत्या गरेको भन्दै राट्रिय मानव अधिकार आयोगमा समेत उजुरी परेको छ ।
आयोगले सो घटनाका विषमा छानबिन समेत अगाडी बढाएको छ । यसअघि गृहमन्त्री थापाले फेक इन्काउन्टरका विषयमा छानबिन गर्ने बताएका थिए । तर उनले चितवन पुगेर आफ्नो बोली फेरेका हुन् । गत शुक्रबार निशानको अपहरणपछि हत्या भएको थियो ।
यसैबीच गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्टका प्रवक्ता खड्कबहादुर विश्वकर्माले कानुन उल्लंघन गरेकाले पक्राउ गरेको बताएका छन् । कानुन उल्लंघन गरेर ध्वंस मच्चाएको र चन्दा असुली गरेका कारण उनलाई पक्राउ गरिएको गृहमन्त्री थापाले बताए । गृहमन्त्री थापा र नेता विश्वकर्मा पहिले तत्कालिन माओवादी पार्टीको सहकर्मी हुन् ।
प्रकाशित समय : १७:३२ बजे


















