काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निर्मला हत्याको अनुसन्धानमा ढिलाइ, सर्वत्र विरोध

6.98K
shares

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा कञ्चनपुरमा आइतबार पनि प्रदर्शन भएको छ । भिमदत्त नगरपालिका –२ पन्तको हत्याको विरोधमा धनगढीमा पनि प्रर्दशन गरिएको छ ।

कैलाली बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा क्याम्पसका विद्यार्थीहरुले आईतवार विहान प्रर्दशन गरेका हुन । उनीहरुले बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरे । पीडितलाई न्याय र क्षतिपूर्ति दिन पनि उनीहरुले माग गरेका छन ।

अनुसन्धानमा प्रहरी असफल
घटना भएको तिनदिनसम्म पनि प्रहरीले घटनामा सग्लनलाई पक्राउ गर्न सकेको छैन । दोषीलाई पक्राउ गरी कडा कारबाहीको माग गर्दै पीडित बालिकाका आफन्त र सर्वसाधरणले प्रर्दशन गरिरहेका छन ।

‘अनुसन्धान जारी राखेका छौ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) तथा प्रवक्ता ज्ञानबहादुर सेठीले भने, ‘दोषी भने पक्राउ गर्न सकिएको छैन । घटना जटिल छ, केही समय लाग्छ ।’

उनले लगातार प्रर्दशन र आन्दोलनका कारण अनुसन्धानमा समेत समस्या भईरहेको बताए । ‘आन्दोलन र प्रदर्शनलाई सुरक्षा दिने कि अनुसन्धान गर्ने ?’ डिएसपी सेठीले प्रश्न गरे ।

अझै परिवारले बुझेनन् शव
शुक्रवार विहान उखुबारीमा निर्मलाको शव भेटिए पनि अझै उनको शव परिवारले बुझेका छैनन । ‘शनिवार घटनामा सग्लनलाई चाडो पक्राउ गर्न सहमतिपछि निर्मलाका परिवार शव बुझन् तयार भएका थिए ।‘ सेठीले भने, ‘तर, अन्य स्थानीयहरुले उचालेपछि आफन्तहरुले अहिलेसम्म शव बुझ्न मानेका छैनन् ।’ शनिवार अबेर भएको सहमति अनुसार आइतबार शव वुझेर दाहासंस्कार गर्न परिवार सहमत भएका थिए ।

कञ्चनपुरमा विद्यार्थी आन्दोलन जारी
बालिकाको बलात्कारपछि हत्या गरिएको तिनदिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै कञ्चनपुरका विद्यार्थीले शैक्षिक हडताल गर्ने बताएका छन ।
उनीहरुले घटनाको विरोधमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।