गृहपृष्ठ ग्यालेक्सी क्याफेमा प्रहरीको छापा, २ सय ७८ किशोरकिशोरी पक्राउ
ग्यालेक्सी क्याफेमा प्रहरीको छापा, २ सय ७८ किशोरकिशोरी पक्राउ
बुटवलको ग्यालेक्सी क्याफे र बिटफुडमा प्रहरीले छापा मारेको छ । सो क्रममा बार सञ्चालकसहित १८ बर्षमुनिका २ सय ७८ युवायुवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । मिलनचोकको ग्यालेक्सी र श्रवणपथमा रहेको विटफुडबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
स्थानीयको गुनासो आएपछि छापा मारिएको इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए । हुक्का बार पुगेका युवा युवती ९ बर्षदेखि १८ भित्रैका रहेकाले उनीहरुका सम्बन्धमा अध्ययन भइरहेको छ ।
उनीहरुमध्ये केहिले मादक पदार्थ सेवन गरेको मल्लले बताए । शनिबार दिउँसो प्रहरीको टोलीले बुटवलका विभिन्न हुक्का बारहरुमा छापा मारेको हो ।
प्रकाशित समय : ००:२२ बजे



















