global ime bank Long Banner Ad

गृहपृष्ठ केन्द्रका मन्त्रीलाई बलात्कारको आरोप

केन्द्रका मन्त्रीलाई बलात्कारको आरोप

केन्द्रका मन्त्रीलाई बलात्कारको आरोप

भारतमा केन्द्रीय सरकारका एकजना राज्यमन्त्रीलाई बलात्कारको आरोप लागेको छ । रेल राज्यमन्त्री राजेन गोहाईंले रेल विभागमा जागिर लगाइदिने प्रलोभन देखाएर आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले प्रहरी समक्ष उजुरी दिएकी छन् ।

महिलाले उजुरीमा आफूलाई जागिर लगाइ दिने प्रलोभन देखाउँदै करिब आठ महिनादेखि शौन शोषण गरेको दाबी गरेकी छन् । आफूलाई बलात्कारपछि गोहाईंले धम्की दिएको भन्दै ती महिलाले असामको नगाउँ जिल्लाको एक प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आफूलाई पीडित भन्ने ती महिलाले साउन १६ गते नै उजुरी दर्ता गरे पनि घटनाबारे शुक्रबार मात्र सार्वजनिक गरिएको हो । उजुरी दिने महिलाले पत्रकारहरुलाई आफूसँग मन्त्रीले बोलेको रेकर्ड भएको दाबी गरेकी छन् । जसमा धेरै नराम्रो बोलेको सुन्न सकिने दाबी गरेकी छिन् ।
यता, आरोपित राज्यमन्त्रीका छोराले पनि महिला र उनको परिवारविरुद्ध ब्ल्याकमेल गर्न खोजेको आरोपमा उजुरी दिएका छन् । मन्त्री राजेनले आफूविरुद्ध राजनीतिक षड्यन्त्र स्वरुप बलात्कारको आरोप लगाइएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित समय : ००:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु