global ime bank Long Banner Ad

गृहपृष्ठ एक हजारमै टम्बो ब्राण्डको मोबाइल

एक हजारमै टम्बो ब्राण्डको मोबाइल

एक हजारमै टम्बो ब्राण्डको मोबाइल

न्यूनतम एक हजारमै टम्बो ब्राण्डका नयाँ मोबाइल खरिद गर्न पाइने भएको छ । न्यूनतम एक हजार रूपैँयादेखि साढे दस हजार रुपैयाँसम्मका मोबाइल पोखरा क्षेत्रको बजारमा उपलब्ध भएको न्यु एस. पी. ईन्टरप्राईजेजका संचालक शिवराज पहारीले बताए ।

हाल पोखरामा छ वटा बार फोन र दुई वटा स्मार्ट फोन उपलब्ध गराइएको पहारीले बताए । बार फोनहरूमा मल्टीमिडिया फिचरका साथ ब्लुटूथ, वायर लेस एफ.एम साथमा कल रेकर्डिङको सुविधा रहेको उनले जनाए । अघिल्लो साता काठमाडौँबाट बिक्री हुन सुरु भएको उक्त ब्राण्डको मोबाइल पोखरा क्षेत्रमा पनि हालैमा आएको हो ।

यस्तै स्मार्ट फोनहरूमा फेश रिक्ग्नेशन, फिगंर प्रिन्ट, फोर जी लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । यस ब्राण्डको हरेक फोनमा दुई सय दिनको रिप्लेसमेण्ट वारेन्टी र स्क्रिनमा एक बर्षसम्मको ग्यारेन्टी रहेको संचालक पहारीले बताए । पोखराको लागि आधिकारिक वितरक न्यु एस.पी. ईन्टरप्राईजेजलाई नियुक्त गरिएको छ भने नेपालमा यसको आधिकारिक वितरक शंकराचार्य मोबाइल प्रा.लि. रहेको छ ।

प्रकाशित समय : ००:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु