गृहपृष्ठ इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुने
इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुने
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगित अन्तर्गत आजराति तीन वटा खेल हुँदै छ । आज लिभरपुल र वेष्टह्याम, म्यान्चेष्टर सिटी र आर्सनल भिड्ने छन् । त्यस्तै साउथ ह्याम्प्टन र बर्नली पनि भिड्ने छन् ।
यसअघि गएराति भएको खेलमा टोटनह्याम, चेल्सी, बर्नमाउथ, वार्टफोर्ड, र क्रिष्टल प्यालेस विजयी भएका छन् । चेल्सीले हडर्सफिल्डलाई ३ –० ले, टोटनह्यामले न्यू क्यासललाई २–१ ले, बर्नमाउथले कार्डिफ सिटीलाई २–० ले, क्रिष्टल प्यालेसले फुलह्यामलाई २–० ले , वार्डफोर्डले ब्राइटलन २–० ले पराजित गरेको हो ।
प्रकाशित समय : १४:२५ बजे



















