global ime bank Long Banner Ad

गृहपृष्ठ उदयपुर कटारी नगरपालिकाका लेखा अधिकृत ढकाल जेल चलान

उदयपुर कटारी नगरपालिकाका लेखा अधिकृत ढकाल जेल चलान

उदयपुर कटारी नगरपालिकाका लेखा अधिकृत ढकाल जेल चलान

उदयपुर कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाल भ्रष्टाचार अभियोगमा जेल चलान भएका छन् । सात करोड भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले अधिकृत ढकाललाई जेल चलान गरेको हो ।
विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले ढकाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । लेखा अधिकृत ढकालले सात करोड भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले इलामको माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीदास ढकाललाई भने धौरीटीमा छाड्न आदेश दिएको छ । उनलाई १५ लाख धरौटीमा तारेखमा छाड्न अदालतले आदेश दिएको हो ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु