global ime bank Long Banner Ad

गृहपृष्ठ केही सञ्चार माध्यमले दायीत्व भूलेका छन् : प्रधानमन्त्री

केही सञ्चार माध्यमले दायीत्व भूलेका छन् : प्रधानमन्त्री

केही सञ्चार माध्यमले दायीत्व भूलेका छन् : प्रधानमन्त्री

 

प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले गलत प्रचार गर्न खाजेको आरोप लगाएका छन् । नेपाल मिडिया सोसाइटीका नव निर्वाचित कार्य समितिलाई बधाइ दिँदै ओलीले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको गुनासो गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार विहान भएको भेटमा सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति प्रतिबद्ध रहेको ओलीको प्रष्टोक्ति थियो । उनले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएकोले नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताए । स्वतन्त्रताकै लागि आफू १४ वर्ष जेल बसेको, पार्टीका कयौं नेता, कार्यकर्ता सहिद भएकोले देख्दा देख्दै सरकार लोकतन्त्रप्रति अनुदार भएको भन्नु हासो लाग्दो कुरा भएको टिप्पणी गरे ।

‘माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?’ नेकपा लोकतन्त्रको जन्मदाता भएको दावी गर्दै उनले नेकपाको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार हनन् हुने कुरा कल्पनासम्म नहुने बताए ।

प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठूलो भूमिका हुने बताउँदै केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । ओलीले भने ‘अहिले लेखिएका कुरा २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ ।’ प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललगायत कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।

प्रकाशित समय : २२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु