global ime bank Long Banner Ad

गृहपृष्ठ टर्कीको अर्थतन्त्र हल्लाइदिने ब्रनसन को हुन् ?

टर्कीको अर्थतन्त्र हल्लाइदिने ब्रनसन को हुन् ?

टर्कीको अर्थतन्त्र हल्लाइदिने ब्रनसन को हुन् ?

टर्कीले अमेरिकी पादरी एन्ड्रयू ब्रनसनलाई अक्टूबर २०१६ मा गिरफ्तार गरेको थियो । त्यतिबेला टर्कीलाई सायदै थाहा थियो, उसको यो कदमले दुई वर्षपछि नराम्रोसँग सताउनेछ । तर, टर्कीले नसोचेकोजस्तै भयो । उनै पादरीलाई गिरफ्तार गरेको प्रकरणमा अमेरिका रिसाउँदा अहिले टर्कीको अर्थव्यवस्था संकटमा परेको छ ।

एन्ड्रयूलाई रिहा नगरेकोमा अमेरिकाले टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको स्टील र आल्मूनियममासमेत आयत शुल्क बढाएर दुई गुणा बनाइदिएका छन् ।

टर्कीको मुद्रा ‘लीरा’मा ऐतिहासिक गिरावट जारी छ । सोमबारमात्रै लीरामा डलरको तुलनामा पाँच प्रतिशतको गिरावट आएको थियो । बिहीबार यो चार प्रतिशत थियो भने शुक्रबार पनि घट्ने क्रम जारी रह्यो । साताभरीमा लीरामा १६ प्रतिशतको गिरावट आयो ।

किन पक्राउ परे ब्रनसन ?
राजनीतिक समूहसँग कथित सम्बन्धलाई लिएर ब्रनसनलाई टर्कीले पक्राउ गरेको हो । ह्वाइट हायसकी प्रेस सचिव सारा सेन्डर्स भन्छिन्, ‘हामीलाई लाग्छ, यो अनुचित र अन्यायपूर्ण हिरासतको शिकार हो ।’ अमेरिकाले ब्रनसनलाई रिहा गर्न माग गरेको थियो । तर, टर्कीले ब्रनसनलाई रिहा गर्न अस्वीकार गरिदियो ।

आर्थिक प्रतिबन्ध लगाएपछि बुधबार टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘आर्थिक प्रतिबन्धको गलत फैसला फिर्ता लिनका लागि हामी अमेरिकी प्रशासनलाई आह्वान गर्दछौँ ।’

अमेरिकाले नेटो सहयोगी देशमाथि यस्तो खालको प्रतिबन्ध लगाउनु अनौठो घटना भएको विश्लेषकहरु बताउँछन् । अहिले अमेरिका र टर्कीबीचको सम्बन्ध दशकयताकै सबैभन्दा तल्लोस्तरमा झरेको छ ।

टर्कीका राष्ट्रपति रिसेप तायेप एर्दोआन पश्चिमी नेताहरुसँग नझुक्ने नेताका रुपमा चिनिन्छन् । सरकार समर्थित समीक्षकहरुले अमेरिकी सैन्य बेसलाई बन्द गर्न माग गरेका छन् जसबाट नेटो सहयोगीहरुको सुरक्षा साझेदारी खतरामा पर्न सक्छ । यद्यपि, एर्दोआनका आलोचकहरु भने एर्दोआनका केही कदम थप प्रतिबन्धका लागि पर्याप्त भएको बताउँछन् । उच्च स्तरमा गिरफ्तारी, मावनअधिकार उल्लंघन र रुससँग मिसाइल रक्षा प्रणाली खरिद गरेका कारण टर्कीमाथि यसअघि नै प्रतिबन्ध लाग्नुपर्ने एर्दोआनका आलोचकहरुको भनाइ छ ।
पछिल्लो साता अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीलाई चेतावनी दिँदै भनेका छन्, ‘ब्रनसनलाई तत्काल रिहा नगरे टर्कीले अझै ‘कडा प्रतिबन्ध’को सामना गर्नुपर्ने छ ।’

को हुन् एन्ड्रयू ब्रनसन
ब्रनसन लामो समयदेखि टर्कीमा बस्दै आएका थिए । उनी आफ्नी पत्नी र तीन सन्तानसँग बस्थे । इज्मिरस्थित एक चर्चमा उनी पदरीका रुपमा काम गर्थे । यो चर्चसँग करिब दुई दर्जन जनसमूह जोडिएका छन् ।

टर्की प्रशासनको आरोप छ कि ब्रनसनको गैर–कानुनी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) र गुलेन आन्दोलनसँग सम्बन्ध छ । गुलेन आन्दोलनमाथि सन् २०१६ मा टर्कीमा भएको ‘असफल सैन्य कू’ को आरोप लाग्ने गरेको छ । तर, ब्रनसनले भने जासूसीको आरोप अस्वीकार गर्दै आएका छन् । ब्रनसन दोषी साबित भएमा उनलाई ३५ वर्षसम्म जेल सजाय हुन सक्छ ।

स्वास्थ्यका कारण उनलाई पछिल्लो महिना घरमै नजरबन्द गरिएको थियो । तर, अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भनेका थिए कि यो पनि अन्याय नै भयो । पोम्पियोले ट्वीट गरेका थिए, ‘हामीलाई ब्रनसनविरुद्ध विश्वसनीय सबूत मिलेको छैन ।’

टर्कीका विदेशमन्त्रीले भनेका थिए कि ब्रनसनले अमेरिकासँग ‘आवश्यक जानकारी’ बाँडेका थिए । तर, उनले यो मुद्दाको फैसला गर्न न्यायपालिकालाई छाडिदिनुपर्नेमा उनको जोड थियो ।

किन छाड्दैन ब्रनसनलाई टर्कीले ?
न्यूयोर्क टाइम्सका अनुसार, दुई वर्षअघि असफल कूपछि ब्रनसनसहित २० अमेरिकी नागरिकमाथि मुद्दा चलाइएको थियो । यस क्रममा भएको कारबाहीमा टर्कीका राष्ट्रपति एर्दोआनले ५० हजारभन्दा बढी मानिसलाई गिरफ्तार गराएका थिए । उनले पेन्सल्वेनियास्थित मस्लिम नेता फेतुल्लाह गुलेनमाथि कू प्रयासको आरोप लगाए । तर, गुलनेले उक्त आरोपको खण्डन गरे ।
टर्कीं चाहन्छ कि अमेरिकाले आफ्ना कदममा अमेरिकाले समर्थन गरोस् ।

गुलेनको बदला पादरीसँग लिन सक्ने संकेत एर्दोआनले दिएका छन् । सीरियाको गृह युद्धमा कुर्दिश बललाई अमेरिकाले समर्थन गरेको छ । यसप्रति पनि एर्दोआन निराश छन् । कुर्दिशलाई टर्कीले पीकेकेको विस्तारित समूहका रुपमा बुझ्छ । पीकेके टर्क–कुर्द विद्रोही समूह हो जो सन् १९८० देखि स्वयत्तताका लागि लडिरहेको छ । अमेरिका र टर्की यसलाई एक आतंककारी समूह ठान्छन् ।

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो मजबूत डलरको तुलनामा उनीहरुको मुद्रा कमजोर छ, अमेरिका र टर्कीको सम्बन्ध अहिले पनि ठीक छैन ।’

टर्कीका राष्ट्रपति रिसेप तायेप एर्दोआनले विदेशीका कारण टर्कीस मुद्रामा गिरावट जारी रहेको बताएका छन् । टर्कीले अमेरिकालाई आक्रमण गर्ने चेतावनीसमेत दिएको छ ।

एर्दोआनले आफ्नो भाषणमा भनेका थिए, ‘उनीहरु (अमेरिका)सँग डलर छ भने हामीसँग जनशक्ति छ, आफ्नो अधिकार छ र हामीसँग अल्लाह छन् ।’

एर्दोआनको यस्तो अभिव्यक्तिले लीरामा सुधार हुनुको साटो हालत अझै खराब हुन सक्ने विश्लेषकहरु बताउँछन् । विगतमा लीराको मुजबुती उत्साहजनक थियो । तर, लीराको अवस्था अहिले निकै संकटपूर्ण छ । यसको दुर्दिन ठीक हुने सम्भावना निकै कम रहेको विश्लेषकहरु बताउँछन् ।

यो वर्ष लीरामा अहिलेसम्म ४० प्रतिशतले गिरावट आएको छ । यो गिरावट लामो समयदेखि जारी छ । पाँच वर्षअघि दुई लीरा दिएर एक अमेरिकी डलर किन्न सकिन्थ्यो । तर, अहिले एक डलरका लागि ६.५० लीरा तिर्नुपर्छ ।

बीबीसी हिन्दीबाट

प्रकाशित समय : २२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु