काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तरुण दलका नगर अध्यक्षको गोली हानी हत्या

15.48K
shares

 

रोल्पास्थित सुलीचौर नजिकैको रेस्ट पोइन्ट रेस्टुरेन्ट एन्ड बारमा गोली चल्दा तरुण दलका रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । आइतबार बेलुकी ५ बजे तिर रेस्टुरेन्टमा गोली चल्दा २९ वर्षीय पुनको मृत्यु भएको हो ।

गोली चलेको रेस्टुरेन्ट इलाका प्रहरी कार्यालय सुलीचौर नजिकै पर्छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा रोल्पा नगरपालिका–१० का धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पक्राउ गरेको छ ।

घर्तीको साथबाट पेस्तोल र उनले प्रयोग गरेको बा १२ च ७३५२ नम्बरको कार पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घर्ती तत्कालीन माओवादी केन्द्र समर्थक रहेको र यसअघि पनि जेल परेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।