मदागास्करको रंगशालमा भागदौड हुँदा एकको मृत्यु, ३७ घाइते
वि.सं.२०७५ भदौ २५ सोमवार ०२:१३
shares

मदागास्करको राजधानी अन्तानानारिभो मा एक फुटबल रङ्गशालामा भागदौड मच्चिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । घाइतेहरूलाई राजधानीस्थित एक अस्पतालमा उपचार गराइराखिएको छ ।
अस्पताल स्रोतले आइतबार दिएको जानकारी अनुसार विरामीमध्ये केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । खेल शुरु हुनुपूर्व नै मदागास्कर र सिनेगलको फुटबल खेल हेर्न गेटबाट प्रबेश गर्ने क्रममा दर्शकहरूबीच भएको झडपमा उक्त दुखद घटना भएको मदागास्करको प्रहरीले जनाएको छ ।
हजरा अस्पतालका प्रवक्ता अलिभा अलाइन राकोतोले भने, ‘अहिलेसम्म झडपपछिको भागदौडमा परी अस्पताल ल्याइएका विरामीमध्ये एक जनाको मृत्यु भएको छ भने केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।’

























