बेलका नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
वि.सं.२०७५ साउन ३० बुधवार १४:३६
shares

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ भाटेपुल एकता चोकमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्य भएको छ ।
आज बिहान ३ बजे जंगली हात्ती घरमै पसेर आक्रमण गर्दा स्थानीय ३५ वर्षका रामबहादुर नेपालीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार जंगली हात्तीले अन्नबाली समेत नष्ट गरेको छ । गाउँमा जंगली हात्ती पसेपछि स्थानीय त्रसित भएका छन् ।

























