काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अपडेट : नुवाकोटमा बस दुर्घटना, ४९ जना घाइते

18.71K
shares

 

बुधबार बिहान १० बजे नुवाकोटको बुङताङबाट त्रिशूलीतर्फ आउँदै गरेको बस लामाटारमा दुर्घटना हुदाँ ४९ यात्रु घाइते भएका छन् । गम्भीर घाइते भएका ११ जनालाई जिल्ला अस्पताल त्रिशूलीमा उपचार हुन नसकेपछि बुधबार अपराह्न काठमाडौं पठाइएको छ ।

बुङताङबाट त्रिशूली आउन लागेको बा.२ ख २८०४ नम्बरको बस विदुर नगरपालिका-९, लामाटारमा मिनीट्रकलाई बाटो दिन पछि हटेर अघि बढ्ने क्रममा दुर्घटना हुँदा चालक ज्ञानबहादुर तामाङसहित ४९ जनाभन्दा बढी घाइते भएको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । यात्रुले खचाखच भरिएको बस दुर्घटना हुँदा घाइते भएका ४९ जना जिल्ला अस्पतालमा उपचारका लागि भर्ना भएको र घाइतेको संख्या अझ बढी हुनसक्ने प्रहरीले जनाएको छ ।

घाइते भएका अधिकांश बुङताङ, साल्मे र देउरालीका यात्रु छन् । बिहान ८ बजे बुङताङबाट त्रिशूलीका लागि यात्रु लिएर आइरहेको बस लामाटारबाट भैरमकोट जान लागेको मिनीट्रकले बाटो नदिएपछि पछि हटेको र अघि बढ्ने क्रममा सडक भाँसिएर दुर्घटना हुँदा सडकबाट करिब ५० मिटर तल खसेको बस धनी र सोही गाडीमा आएका बुङताङका मानबहादुर तामाङले जानकारी दिए ।

गम्भीर घाइते हुनेमा देउरालीका ६० वर्षीय प्रेमसिङ तामाङ, ६१ वर्षकी चोकनी तामाङ, ५९ वर्षीय ज्ञानबहादुर तामाङ र तीन वर्षका बालक इसायन तामाङ रहेको प्रहरी प्रमुख कुँवरले जानकारी दिए । टिकामाया तामाङ, रिजम तामाङ, होमबहादुर तामाङ, रिता तामाङ र लेसाङ तामाङ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।