global ime bank Long Banner Ad

गृहपृष्ठ जनयुद्धमा जेल ब्रेक गर्ने विप्लव समूहकी उमा भुजेल पक्राउ

जनयुद्धमा जेल ब्रेक गर्ने विप्लव समूहकी उमा भुजेल पक्राउ

जनयुद्धमा जेल ब्रेक गर्ने विप्लव समूहकी  उमा भुजेल पक्राउ

 

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतृ उमा भुजेल पक्राउ परेकी छिन् । पोलिटब्युरो सदस्य भुजेल मंगलबार बालाजुबाट पक्राउ परेकी हुन् । व्यापारीसँग जबरजस्ती धम्काउँदै चन्दा उठाएको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

नेत्री भुजेल माओवादी जनयुद्धमा गोरखा ‘जेल ब्रेक’की कमाण्डरसमेत हुन् । उनी पहिलो संविधानसभामा एकीकृत नेकपा माओवादीबाट संविधानसभा सदस्य थिइन् ।

सोही पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रहरी कठघरामा छन् । अदालतले रिहा गर्न आदेश दिए पनि पटक पटक उनी पक्राउ पर्दै नुवाकोटमा पुर्याइएको छ । प्रहरीले विप्लव नेतृतवको नेकपाका अधिकांश नेता कार्यकर्तामाथि निगरानी बढाएको छ ।

प्रकाशित समय : २२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु