त्रिशूली नदीमा ट्रक खस्दा एकको मृत्य, एक बेपत्ता
वि.सं.२०७५ भदौ १३ बुधवार १४:०४
shares

त्रिशूली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र तीन जना घाइते भएका छन् । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा ४ ख ७७८१ नम्बरको ट्रक गजुरी गाउँपालिकाबाट ट्रक त्रिशूली नदीमा गएराति खसेको हो ।
मृत्यु हुनेमा केशर पुलामी रहेको धादिङ प्रहरीले जनाएको छ । नदीमा हराइ रहेका अर्का एकको खोजी भइरहेको छ । दुर्घटनामा घाइते भएकालाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

























